समाजवाद सुन्दा प्रिय, कार्यान्वयन चुनौतीपूर्ण : नेता पाण्डे

कास्की,असार ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजवादतर्फको यात्रा चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४०औँ स्थापना दिवसको अवसरमा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा उहाँले समाजवादमा जमीन, यातायात, उद्योग कलकारखाना, शिक्षा, स्वास्थ्य, सबै राष्ट्रियकरण गरेर सरकारको हुने भएकाले अहिल्यै नेपालमा कहाँबाट शुरु गर्ने भन्ने चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले जग्गा सरकारी बनायो भने नेकपालाई भोट हाल्ने मान्छे यसको पछि लाग्छ ? अहिले तपाईं जग्गा जति सरकारी बनाउन सक्नुहुन्छ ? समाजवाद सुन्दा जति प्रिय लाग्छ, कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ ।”

जमीनलाई उपयोगका आधारमा कृषि, आवासीय, औद्यागिक र व्यावसायिक गरी वर्गीकरण गर्नुपर्ने र कृषि जमीनमा कर नलाग्ने तथा आवासीय, औद्यागिक र व्यावसायिक जमीनमा मूल्यका आधारमा जसको बढी सम्पत्ति उसको बढी कर लगाएर समाजवादमा जान सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।

नेता पाण्डेले बन्द हुन लागेका देशका सम्पूर्ण सरकारी विद्यालयलाई प्राविधिक विद्यालयमा परिणत गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नका लागि रु ५०० र एक हजारका नोट बन्द गर्नुपर्ने तथा अहिलेको स्वास्थ्य बीमाको रकम बढाएर रु दुई लाख बनाएर समग्र नीतिगत परिर्वतन गर्ने बित्तिकै समाजवादमा पुग्ने बाटो तय हुने भनाइ राख्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात मजदुरको हकअधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सङ्गठनका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य चुडामणि जङ्गली तथा सङ्गठनका अग्रजलाई सम्मान तथा सडक दुर्घटनामा घाइते मजदुरलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter