सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना

काठमाडौँ, असार ८ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ ।

मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको परिचय दिने बताउनुभयो ।

आफूहरुको वर्तमान कार्यकालभित्रसक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरी बजेट विनियोजन हुन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । यसमा सघाउन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसक्नुभएको बताइएको छ ।

यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौँमा दोस्रो चीन–दक्षिण एशिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter