राष्ट्रिय परीक्षा वोर्डद्वारा एससीईईको परीक्षाफल प्रकाशित

काठमाडौ, असार १२ गते । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल विहीबार प्रकाशित भएको छ ।

यस वर्षको एसईई परीक्षमा कुल चार लाग ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए ।

नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार ५८० र ३.२ देखि ३.६ सम्म ल्याइ उतीर्ण हुने ५१ हजार १३७ जना रहेका छन् ।

त्यस्तै जीपीए २.८० देखि ३.३० सम्म ६३ हजार ७४१ , २.४ देखि २.८ ७६ हजार ५६४ र जीपीए २.० देखि २.४ ल्याइ उतीर्ण हुने ९८ हजार २०७ रहेका छन् ।

यसै गरी १.६ देखि २.० ९५ हजार ३०७, १.२ देखि १.६ सम्म ४३ हजार ८४१ जीपीए ०.८ देखि १.२ सम्म ल्याउने ४ हजार ४१९ रहेका छन् भने ग्रेड काउन्ट नभएका ८ हजार ४६९ रहेका छन् ।

पहिलोपटक संघीय संरचनाअनुसार भएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको थियो ।

एसईईमा कुल दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको थियो । यस पटकको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका थिए ।

त्यस्तै प्रदेश–१ बाट ८३ हजार ८१८, प्रदेश –२ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश–५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका थिए ।

मुलुक संघीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको थियो ।

यस पटक परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक विषयका परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter