कागेश्वरी मनोहरा नगरपालिकाको सुव्यवस्थीत संचालन तथा विकास निर्माण सम्वन्धमा नेपाली कांग्रेसको १७ बुँदे ज्ञापनपत्र प्रस्तुत

काठमाडौँ, असार १२ गते । कागेश्वरी मनोहरा नगरपालिकाको सुव्यवस्थीत संचालन तथा विकास निर्माण सम्वन्धमा नेपाली कांग्रेसको तर्पmबाट १७ बुँदे ज्ञापनपत्र प्रस्तुत गरेको स्मरण गराउँदै नेपाली कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिकाले अवलम्वन गरेका पछिल्लो नीति तथा कार्यक्रम, विकास निर्माण र जनसरोकारसंग सम्वन्धित विविध गतिविधिहरुलाई थप जनमुखि, पारदर्शी तथा लोकतान्त्रिक मूल्य मान्यता अनुरुप संचालन गर्न अपिल गरेको छ ।

नेपाली नेपाली कांग्रेसले दलीय लोकतान्त्रिक व्यवस्थामा सिंगो मुलुक र स्थानीय निकायहरुको दिगो तथा सन्तुलित विकासको सुनिश्चितताको लागि हरेक तहमा क्रियाशिल राजनैतिक दल र सरोकारवाला पक्षहरुसंगको छलफल, समन्वय तथा सहभागिताको महत्वपुर्ण भूमिका हुने स्मरण गराउँदै यस नगरपालिका पछिल्ला दिनहरुमा यसतर्पm उदासिन भई निर्वाचित पार्टीको मात्र नगरपालिका हो भन्ने भान हुनेगरी दलीय छलफल, सहभागिता र समन्वयलाई वेवास्ता गर्दै अगाडि बढेको तर्पm नेपाली कांग्रेसको गम्भिर आपत्ति रहेको जानकारी गराएको छ । साथै सो पार्टिले बिकाससंग सम्वन्धीत कार्यक्रमहरु प्रभावकारीढंगले सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।

मुलपानी क्रिकेट मैदान वरपर रहेको सुकुम्वासी वस्तीलाई स्थानान्तरण गर्ने गरी आवस्यक व्यवस्था भैसकेकोमा वडा नं. ६ का वडा अध्यक्षको अनुचित प्रभावमा पुनः सरकारी जमिनमा सुकुम्वासीलाई वसोवास गराउने गरी भई रहेको चलखेल अविलम्व रोकिनु पर्ने । साथै निज वडा अध्यक्षकै मिलेमतोमा पाटीचौरको सार्वजनिक जग्गामा व्यक्तिगत भवन निर्माण गर्न दिईएकोमा उक्त कार्यको
आवश्यक छानविनगरी दोषीलाई कारवाही साथै सार्वजनिक जग्गा संरक्षण गर्न माग गर्दछौं, सो ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

सो ध्यानाकर्षणपत्रमा नगरपालिकामा अनावश्यक रुपमा व्ययभार पर्नेगरी ठूलो संख्यामा आफ्ना कार्यकर्तालाई सल्लाहकारमा भर्तिगरी कार्यकर्ता भर्तिकेन्द्र वनाएको तथा दैनिक कार्य संचालनमा आवश्यक पर्ने कर्मचारीहरुलाई दलिय प्रतिशोधको आधारमा विनाकारण निस्काशन गरेको उल्लेख गर्दै यस अगाडि विना कारण पुर्वाग्रही रुपले निस्काशन गरिएका जनशक्तिहरु लाई पुनः नियुक्ति गर्न माग गरिएको छ ।

जनताबाट प्राप्त गुनासा र सुझावहरु यथाशिघ्र सम्वोधनका लागि सो पार्टीले जोडदार माग गरेको छ । उल्लेखित मागहरु तत्काल सम्बोधन नभएमा नेपाली कांग्रेस थप विरोध कार्यक्रमहरु ल्याउन वाध्य हुने जानकारी गराउँदै त्यस बाट उत्पन्न हुने परिस्थितिका लागि नगरपालिका स्वंय जिम्मेवार
हुने चेतावनी दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter