• Tuesday, May 20, 2025

टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु

सुर्खेत, असार १६ गते । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो ।

टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले अघि सारेको डिजिटल प्रदेशको कार्ययोजनालाई पूरा गर्न यो सेवाले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“टेलिकमको सेवालाई प्रभावकारी बनाई सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभयो”, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दैै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “हरेक नागरिकलाई सूचना प्रविधिको पहुँचमा जोड्न प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाइरहेको छ ।”

टेलिकमले वीरेन्द्रनगरमा पहिलो पटक तारसहितको फाइबर टू होम सेवा विस्तार गरेको हो । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक प्रकाशमान प्रधानले आठ एमविपिएससहित इन्टरनेट सेवा र टेलिफोनको वार्षिक रु आठ हजार शुल्क रहेको जानकारी दिनुभयो । उहाँका अनुसार फाइबर टू होम सेवा व्यक्तिगत, व्यवसायी र कार्यालय प्रयोजनका लागि छुट्टाछुट्टै गतिका विभिन्न एमविपिएसमा उपलब्ध गराइनेछ ।

टेलिकमले निकट भविष्यमै दैलेख सदरमुकाममा पनि फाइबर टू होम सेवा विस्तार गर्ने जनाएको छ । क्षेत्रीय प्रबन्धक प्रधानले सुर्खेतमा ताररहितको फोरजी सेवा पनि छिट्टै सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter