• Monday, May 19, 2025

केसीसी एक्जिबिट २०१९ सुरु, भोलिसम्मचल्ने


काठमाडौँ, साउन १० गते । सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी नवीनप्रदर्शनी, २ वटा गेमस्टलसहित केसीसी एक्जिबिट २०१९ सुरुभएको छ । निपुण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनी माननीय युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले समुद्घाटन गर्नुभएको हो ।

शुक्रबार बिहान केसीसी एक्जिबिट २०१९ समुद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री सुनारले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताउनुभयो । सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने उहाँले जोड दिनुभयो । उहाँले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्ने बताउनुभयो ।

प्राध्यापक रामकृष्ण रेग्मीले यस प्रदर्शनीलाई दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताउनुभयो । उहाँले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गर्नुभयो । सूचना–प्रविधिमार्फत् सशक्तिकरण गर्दै यस्तो उपायगर्न सकिने उहाँको दाबी छ ।

नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोको लागिमात्रनभई दीगोपनका लागि समेत प्रयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले दीगो विकासकालक्ष्यलाई सम्बोधन गर्न नयाँपनचाहिने बताउनुभयो ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । हालै दुईवटा कलेजलाई भर्ना लिन नपाउने गरी पत्र काटेको भन्दै उहाँले स्तरीय इन्जिनियरिङ शिक्षामा जोड दिनुभयो ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत देखिका प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कलेजकाप्रिन्सिपल राजु कट्टेलले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमका संयोजक कुशल निरौलाले कार्यक्रमबारे प्रकाश राख्दै यसलाई मनोरञ्जन र ज्ञानको सम्मिश्रणका रूपमा चित्रण गर्नुभएको छ ।

सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)ले केसीसी एक्जिबिट २०१९ आयोजना गरेको हो । कार्यक्रमको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंक, सुबिसु, नेपाल टेलिकम, इ–सेवा, सगरमाथा इन्स्योरेन्स, कोकाकोला, अग्निमोटोइन्क प्रा.लि., इबीपल्र्स, इम्पलोइ प्रोभिडेन्ट फन्ड, नियोस्फेर, नेपाल दूरसञ्चार प्राधिकरण, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, क्यान फेडरेसनलगायत रहेका छन् ।

कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ । शनिबारका कार्यक्रममा ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जिएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् । कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मचल्नेछ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter