• Tuesday, June 10, 2025

स्नातकोत्तर उत्तीर्ण हरिसिंह जमाडीमा बालुवा बटुल्दै

गोकर्ण दयाल / बैतडी, साउन १४ गते । जमाडी नदीमा यति बेला साउने भेल उर्लेको छ । भेलसँगै हरिसिंह कार्कीको मनमा बेरोजगारीको पीडा उर्लेको छ ।

स्नातकोत्तर उत्तीर्ण गरेर कतै रोजगारी नपाएपछि छाक टार्न कार्की जमाडीको वालुवा बटुलेर जीवन निर्वाह गरिरहनु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ६ पञ्ज्युनयाँका कार्कीले शिक्षा तथा समाजशास्त्रमा स्नातकोत्तर (एमएड) गर्नुभएको छ ।

कैलाली बुहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह (आईए) सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट स्नातक (बिए) र र एकवर्षे विएडपछि शिक्षा संकायमा स्नातकोत्तर ( एमएड) गर्नुभएको हो ।

पढाई सकेर रोजगारी खोज्न भौतारिंदै कतै रोजगारी नमिलेपछि नदी किनारमा वालुवा चाल्न आईपुगेको उहाँले आफ्नो पीडा सुनाउनुभयो ।

वि.सं. २०७० देखि २०७२ सम्म दुईवर्ष सेतीगाउँ उच्चमावीमा शिक्षा र मनोविज्ञान पढाए पनि क्याम्पसले पारिश्रमिक नदिएपछि पढाउन छोडेर शिक्षक सेवा आयोगको तयारीमा लागेको उहाँले बताउनुभयो ।

शिक्षक सेवा आयोगमा प्रावि, निमावि र माविमा परीक्षा दिए पनि सफल हुन नसकेपछि वालुवा खोज्दै जमाडीमा आईपुगेको बताउनुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन ४२ वर्ष पुगेकाले ऋण नपाएको कार्कीको गुनासो छ ।

कार्कीले भन्नुभयो, “डिग्रि पढेर पनि कतै रोजगारी मिलेन । खेतमा कमाएर खान एक महिना पनि खान पुग्दैन । सबै ठाउँबाट निराश भएपछि परिवार पाल्न नदीको वालुवा चाल्दै छाक टार्ने गरेको छु ।”

कार्कीको घरमा दुई छोरी, एक छोरा र एक श्रीमति हुनुुहुन्छ ।

अस्थायी शिक्षक दरबन्दीमा शिक्षण गर्दै आईरहनु भएका उहाँकी धर्मपत्नी पार्वती कार्कीको समेत यो वर्षदेखि रोजगारी छुटेको छ ।

पार्वती शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा फेल भएपछि कार्की परिवारको आम्दानीको बाटो बन्द भएको छ ।

जमाडी नदी किनारमा वालुवा थुपार्दै गरेको अवस्थामा भेटिनुभएका कार्कीले भन्नुभयो– “परिवार पाल्ने अन्तिम विकल्प भनेको अब यही जमाडी नदी हो ।

नदीले वालुवा बगाउँछ । मैले यही नदीमा आँसु र पसिना बगाउँदैछु । वालुवा छानेर विक्री गर्छु । आएको पैसाले केटाकेटीलाई कापी, कलम र घरका लागि नुन, तेल र चामल किन्छु ।

”उहाँका अनुसार नदीबाट राम्रो वालुवा छानेर विक्री भए पाँचसय रुपियाँ कमाई हुन्छ । तर एक ट्रली वालुवा संकलन गर्न चारदिन लाग्छ, एक ट्रली वालुवाको मूल्य दुईहजार पाँचसय रुपियाँ पर्छ ।

बेरोजगार भएर वालुवा चल्दै गरेको अवस्थामा भेटिनु भएका हरिसिंह कार्कीको बारेमा थाहा पाएर दोगडाकेदार गाउँपालिकाले उहाँलाई व्यवसाय गर्न चाहे एकलाख रुपियाँ सहयोग गर्ने बताएको छ ।

गाउँपालिका अध्यक्ष चक्र कार्कीले भन्नुभयो, “ एकल व्यवसाय गर्न चाहे एकलाख र सामुहिक रुपमा फर्मसहित बाख्रा पालन, कृषि उत्पादनका लागि पाँचलाख रुपियाँसम्म गाउँपालिकाले आर्थिक सहयोग गर्छ ।

दोगडाकेदार गाउँपालिकाले यो वर्ष ४० जनालाई विभिन्न आयमूलक कामका लागि आर्थिक सहयोग गरिसकेकाले उहाँको अवस्था हेरेर सहयोग हुने जानकारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter