• Saturday, May 17, 2025

आइतबारदेखि विमानस्थल सात घण्टा बन्द

काठमाडौँ, भदौ १५ गते । आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो ।

‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उहाँले भन्नुभयो । यो काम करिब चार महिनामा पूरा हुने उहाँले बताउनुभयो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिनुभयो ।

विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिनुभयो । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उहाँले भन्नुभयो ‘साढे दुई बजे उडान भएपछि काम सुरु हुन्छ ।’

बानी सुधार्न सकारात्मक कक्षा

विमानस्थलमा कार्यरत विभिन्न निकायको काम कारबाहीप्रति आम गुनासो बढिरहेको भन्दै आइतबारदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त कक्षामा नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, अध्यागमन विभागलगायत सम्बद्ध सबै कर्मचारीलाई हरेक दिन कक्षामा सकारात्मक रूपमा सेवा प्रवाहको तालिम उपलब्ध गराइने महाप्रबन्ध क्षेत्रीले जानकारी दिनुभयो । हरेक दिन ५० जनालाई यस्तो कक्षा उपलब्ध गराइने उहाँले बताउनुभयो । कक्षाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter