• Monday, May 19, 2025

नेपालगञ्जका युवा इरफानलाई भारतमा नेशनल युथ आइकन अवार्ड प्रदान

नेपालगञ्ज, असोज ११ गते । नेपालगञ्ज निवासी युवा मोहम्मद इरफान राईलार्ई भारतमा नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मानित गरिएको छ ।

लामो समयदेखि युवा उद्यम र सशक्तिकरणका क्षेत्रमा क्रियाशिल रहनु भएका राईलाई समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भारतस्थित इन्टरनेशनल युथ कमिटीले नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मान गरेको हो ।

शुक्रबार साँझ भारतको राजधानी नयाँदिल्लीस्थित कन्स्टिच्युसन क्लब अफ इन्डियामा आयोजित विश्व युवा सम्मेलनमा इन्टरनेशनल युथ कमिटीका अध्यक्ष जयन्त पात्राले सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नु भएको राईले जनाउनु भयो ।

सो अवसरमा यो वर्ष मनोनयमा परेका विश्वका १४ सय युवामध्येबाट ७९ जना युवालाई नेशनल युथ आइकन अवार्ड दिइएको उहाँले जानकारी दिनुभयो । यसअघि भारतीय युवाहरुलाई मात्र उक्त अवार्ड प्रदान गर्दै आएको इन्टरनेशनल युथ कमिटीले यो वर्षदेखि विदेशी नागरिकलाई पनि अवार्ड दिन थालेको हो ।

सम्मानित हुनुभएका राईले नेपालको दुर्गम मानिने जुम्ला जिल्लाबाट युवा उद्यम र सशक्तिकरणका क्षेत्रमा काम गर्न शुरु गर्नुभएको थियो ।

विभिन्न क्षेत्रका प्रवुद्धवर्ग, विश्वविद्यालयका प्राध्यापक, युवाहरुसँग मिलेर राष्ट्रिय नीति निर्माणमा सक्रिय इन्टरनेशनल युथ कमिटीबाट सम्मानित राईलाई गतमहिना मालदिभ्स सरकारको युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल युथ पिस एम्बास्डरको पदवी प्रदान गरेको थियो ।

युथ आइकन अवार्ड पाएपछि निकै उत्साहित भएको जनाउँदै उहाँले यसले झनै युवा शसक्तिकरणको क्षेत्रमा काम गर्ने हौसला प्रदान गरेको प्रतिक्रिया दिनुभयो छ ।

उहाँले समाज परिर्वतनको महत्वपूर्ण जिम्मेवारी युवाले नै गर्न सक्ने जनाउँदै देशभरीकै युवालाई समाज परिवर्तनका लागि सक्रिय हुन आह्वान पनि गर्नु भयो ।

नेपालगञ्जका राईले सो सम्मान पाएपछि बाँकेका युवाहरुले उक्त सम्मानले समग्र जिल्लाकै मात्र नभई देशकै युवाहरुको मान सम्मान बढाएको प्रतिक्रिया दिएका छन् ।

इरफानले पाएको यो सम्मानलाई बाँकेका सम्पूर्ण युवाले प्रेरणाको रुपमा लिएको जनाउँदै यसले झनै समाज परिवर्तनको क्षेत्रमा क्रियाशिल हुन प्रेरित गरेको नेपालगञ्जका स्थानीय युवा अगुवा आशिष बर्माले बताउनु भयो । उहाँले नेपालगञ्जका युवाले यति ठुलो अवार्ड पाउनु गौरवको विषय भएको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter