राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असोज २७ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताउनुभयो ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‌याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिकरुपमा सफल भएको बताउनुभयो ।

फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचार तथा प्रकाशन केन्द्रीय विभागका उपप्रमुख सूर्यबहादुर थापाले ‘नेपाल–चीन सम्बन्ध, नयाँ युगमा बहुआयामिक साझेदारी’ सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा नेपाल र चीनका युवा विज्ञले विभिन्न विषयका १० प्रस्तुति दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter