३५ राष्ट्र सम्मिलित कठीन अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं, असोज २९ गते । नेपाली सेनाले संयुक्त अधिराज्य(बेलायत)मा सञ्चालित ‘क्याम्ब्रियन पेट्रोल २०१९’ अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको छ । नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा दश जनाको सैनिक टोलीले अभ्यासमा उत्कृष्ट गर्दै स्वर्ण पदक जितेको हो ।

बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि दुई दिनसम्म उक्त कठीन प्रकृति अभ्यास सुरु भएको थियो । बेलायतको १०६ र नेपालसहित ३४ अन्य राष्ट्रका गरी १४० टोली उक्त अभ्यासमा सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा नेपाल २०१४ देखि सहभागी हुँदै आएको छ । अभ्यास भने बेलायतले १९६० बाट नै वार्षिक रुपमा सञ्चालन गर्दै आएको छ ।

उक्त अभ्यासमा सैन्य टुकडीका प्रत्येक सदस्यले करीब ५० पौण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । दूरी पार गर्ने क्रममा लडाईको तयारी, नक्सा र कम्पासको सहयोगले खोलानाला, बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थहरु पत्ता लगाउने कार्य गर्दै यात्रा तय गर्नुपर्छ ।

नेपाली सेनाको उक्त टोलीका सदस्यहरुमा विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मबाट चयन गरिएको थियो । व्यवसायिक, समर्पित, साहासी र संयमित अभ्यासमा सहभागी भएर केहीवर्षभित्रै अब्बल प्रमाणित गरेकोमा नेपाली सेनाको प्रतिष्ठा उच्च बनाएको जनाएको छ ।

अभ्यासमा सहभागी हुँदा मित्रराष्ट्र बेलायतसँगको सैन्य सम्बन्ध र अन्य सहभागी सेनाबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउने विश्वास गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter