• Wednesday, June 11, 2025

गुल्मीमा पर्यटक आकर्षित गर्दै ‘ट्री हाउस’

गुल्मी, मड्सिर ७ गते । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । शनिबार उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले ‘ट्री हाउस’को उद्घाटन गर्दै प्रदेश ५ कृषि पर्यटनबाट मात्रै समृद्ध बन्ने भएकाले आफु योजनाबद्ध रुपमा लागिपरेको बताए ।

उनायचौरको ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । उक्त रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिने रेसुङा नगरपालिका ७ का वडा अध्यक्ष मोहन पाण्डेले बताए ।

‘ट्री हाउस’ मा चढ्न टिकट विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।

उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको समितिका सचिव युवराज मरासिनीले बताए । ट्री हाउस गत दुई महिनादेखि सञ्चालनमा छ । ‘पहिले चौर र मन्दिर मात्रै भएकाले कम मान्छे आउथे,’ मरासिनीले भने, ‘अहिले ट्री हाउसमा चढ्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।’ ३ भदौदेखि सञ्चालनमा आएको ट्री हाउसबाट हालसम्म करिब २० हजारले अवलोकन गरिसकेको उनले बताए । टिकट बिक्रीबाट एक लाख ८९ हजार रुपैयाँ रकम संकलन भएको मरासिनीले बताए । संकलित रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter