• Monday, May 26, 2025

बुद्ध एयरले विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखरा उडान भर्ने

विराटनगर, मङ्सिर ९ गते । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उहाँले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत भएको बताउनुभयो । उहाँले सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौँदेखि पोखरा सेवालाई सीधा सेवा शुरु गर्नसके सेवाग्राही लाभान्वित हुने बताउनुभयो । उहाँले यसबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पनि पुग्न सजिलो हुने भएकाले यसतर्फ कम्पनीको ध्यान जाओस् भन्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले अहिले हरेक नागरिकको आय वृद्धि भइरहेकाले बुद्ध एयरले डराउनु पर्ने स्थिति नरहेको चर्चा गर्दै भारतको विहार प्रान्तको पटनामा मात्र विमानस्थल भएकाले भारतीय नागरिकले पनि प्रशस्त लाभ लिन सक्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter