• Saturday, May 24, 2025

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु

काठमाडौं, मंसिर १० । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापार विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि बैठक सुरु भएको हो ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा छलफल हुने ढकालले बताए ।

बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटिएस) सम्बन्धमा छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने सहसचिव स्तरीय बैठकको नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पक्षको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter