• Saturday, May 24, 2025

नेपालको तरकारी यूएई र कतारमा

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर १३ गते । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ÷सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताउनुभयो । झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उहाँले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको छ तर यहाँ नै तरकारीको अभाव रहेका कारण मागअनुसार पठाउन नसकेको उहाँले बताउनुभयो । भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन । यदि सरकारले सहयोग ग¥यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उहाँले दाबी गर्नुभयो । त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उहाँले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताउनुभयो । नेपाल आफँै तरकारीमा आत्मनिर्भर छैन । भारत लगायतबाट आयात भएपछि मात्र छाक टार्छ । यस अवस्थामा नेपालमा मात्र उत्पादन हुने तरकारी अरब, कतारसम्म पु¥याउनु कम चुनौती नरहेको उहाँले बताउनुभयो ।

भारतलगायत अरू देश तथा तराई मधेसमा उत्पादन हुने तरकारीसमेत लिएको छैन, काठमाडाँै उपत्यका वरपर उत्पादन हुने मात्र कतारसम्म पु¥याएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, नेपालबाट यहाँ तरकारी ल्याएर बेच्ने कुरा गर्दा कतारीले तिमीहरू भारतबाट तरकारी ल्याएर खान्छौँ, हामीलाई कसरी दिन सक्छौँ भनी प्रश्न गरेका थिए अनि मैले नेपालकै खेतबारीमा उत्पादन हुने तरकारी तपाईंहरूलाई खुवाउँछु, त्यसमा ढुक्क हुनुस् भनेर आएको र त्यहीअनुसार हालसम्म पु¥याइरहेका छौँ ।

सुरुमा कालीमाटीबाट तरकारी किन्न खोजँे तर त्यहाँ महँगो हुनुका साथै नेपालको खेतबारीमा पाउने तरकारी पाउन गाह्रो भयो, त्यसपछि आफ्नो कम्पनीले काठमाडौँ वरपरका किसानको खेतमै गएर किनेर पठाउन थालेको उहाँले बताउनुभयो । अहिले कम्पनीका आफ्नै तरकारी फार्म छन् । काठमाडौँको रामकोट, दहचोक, ललितपुरको लामाटोलमा आफ्नै कृषि फार्म छन्, त्यसबाट उत्पादन भएको तरकारीले पनि नपुगेको बताउँदै उहाँले एउटा ठूलै लगानीको फार्म खोल्न तयारी भइरहेको बताउनुभयो ।

नेपालमा उत्पादन भएका गुन्द्रुकदेखि लिएर भन्टा, एलोभेरा, तीतेकरेला, भिन्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोलभेँडालगायत अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छ । दिनदिनै माग बढिरहेको छ तर पु¥याउन सकिरहेको छैन । कम्पनीका निर्देशक घिमिरेले भन्नुभयो, नेपालमा बिचौलियाको समस्या ठूलो समस्या रहेको छ । एक त बिचौलियासँग तरकारी किन्दा महँगो पर्छ र त्यसमा किसान ठगिने गरिएको हुनाले आफूले सीधै किसानसँग नै तरकारी किन्ने नीति बनाएको बताउनुभयो । किसानसँग तरकारी किन्दा उनीहरूलाई पनि फाइदा हुन्छ र त्यसमा हामीलाई पनि फाइदा हुन्छ, उहाँले भन्नुभयो, यहाँ ५०–६० रुपियाँमा किनेको तरकारी कतारमा पाँच÷छ रियाल (१५० नेपाली)मा बेच्ने गरेको छु, खासै फाइदा त छैन तर घाटा पनि छैन । उहाँले कतारमा पनि ‘अलसमन ग्लोबल नेपाल’ भन्ने कम्पनी खोल्नुभएको छ । त्यसका लागि त्यहाँ छ जनाले काम गरिरहेका छन् । अरब र कतारमा हालसम्म नेपाली तरकारी पु¥याउने आफ्नो पहिलो कम्पनी रहेको पनि उहाँले दाबी पनि गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter