• Thursday, June 12, 2025

राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

जनकपुरधाम, मङ्सिर १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती (प्रतीकात्मक) लाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ ।

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाउनुभयो । उहाँले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गर्नुभएको थियो ।

गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सीतारामको विवाहबाट सुसंस्कारित मिथिला भूमिमा आयोजना हुने गरेको सीताराम विवाहपञ्चमी महोत्सव दुई मुलुकबीचको सेतु बन्न पुगेको बताउनुभयो ।

त्रेतायुगदेखिको अवध र मिथिलाबीचको सांस्कृतिक सम्बन्ध इतिहासमा सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै उहाँले नेपाल र भारतको सांस्कृतिक तहमा विकसित अटुट सम्बन्धलाई सधैँ कायम राख्नु जरूरी छ भन्नुभयो ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सांस्कृतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण रहेको सीताराम विवाहपञ्चमीलाई उच्च सम्मान गर्नुपर्ने औँल्याउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतबीच त्रेतायुगदेखिको बेटीरोटीको सम्बन्धलाई निरन्तरता दिन आवश्यक छ भन्नुभयो । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सीतारामको चरित्र उन्नत र संस्कारित समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

अयोध्याबाट आएका प्रतीकात्मक दशरथको भूमिकामा रहनुभएका कन्हैया दासले रामको चरित्रलाई दिगो बनाउन सीताको अहम् भूमिका रहेको बताउँदै सीतारामको आदर्श मानवीय सभ्यता र संस्कृतिका लागि शिक्षाप्रद रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल भारतको सम्बन्ध धार्मिक, साँस्कृतिक एवं प्राकृतिक भएको बताउनुभयो ।

मूल समारोह समितिका संयोजक एवं जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा भएको सो समारोहमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले महोत्सवको उपादेयताबारे प्रकाश पार्नुभभएको थियो । सो अवसरमा मिथिला नाट्य कला परिषद्का कलाकारद्वारा जानकी लीला (फूलावारी प्रसङ्गदेखि स्वयंवर)को प्रस्तुति भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter