टेनिस खेलाडिलाई पुरस्कार घोषणा
काठमाडौँ, मङ्सिर १४ गते । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणमा सहभागी हुने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ल टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ र खेलाडिलाई शुभकामना दिन आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रिय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कारको घोषणा गरेका हुन् ।
मुलले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कास्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिवद्घता जनाय । टेनिसमा समान ६–६ पुरुष तथा महिला खेलाडी सहभागी हुँदैछन् ।
१३ औं दक्षिण एसियाली खेलकुद डिसेम्वर १ देखि १० सम्म नेपालमा आयोजना हुँदैछ ।