तेह्रौं सागको पहिलो दिन नेपाललाई १५ स्वर्ण, कुल पदक २३

काठमाडौं, मङ्सिर १६ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, पोखरामा सम्पन्न ट्रायथलनबाट एक गरी नेपालले पहिलो दिन १५ स्वर्ण हात पारेको हो । करातेको एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमतुल्लाहलाई पराजित गरी स्वर्ण पदक जित्नुभयो । श्रेष्ठले २६.७२ अङ्क प्राप्त गर्दा पाकिस्तानी खेलाडी नियमतुल्लाहले २४.९२ अङ्क पाउनुभयो । पुरुष एकल काता तर्फ मण्डेकाजीले जित्नुभएको स्वर्ण नै नेपालको लागि तेह्रौं सागमा पहिलो स्वर्ण पदक बन्न पुग्यो ।

तर तेह्रौं सागको पहिलो स्वर्ण भने पाकिस्तानका खेलाडी साहिदाले हात पार्नुभयो । उहाँले कराँतेको व्यक्तिगत् कातामा नेपालकी चञ्चला दनुवारलाई पराजित गर्नुभयो । चञ्चलाले भने पहिलो रजत दिलाएर तेह्रौं सागमा नेपाललाई पहिलो पदक दिलाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter