अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश, ‘म कुरा गर्न सक्ने र पत्रपत्रिका पढ्न सक्ने भएँ !’

काठमाडौं, मङ्सिर १६ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन भिडियो सन्देश सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटमार्फत आफ्नो स्वास्थ्य बारे जानकारी गराएका हुन् ।

उनले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भईरहेको र उपचार प्रक्रिया राम्रो हुँदै गईरहेको बताएका छन् । २ मिनेट ६ सेकेण्ड लामो भिडियोमा उनले आफुँ साथीभाईहरुसँग कुरा गर्न र समाचार हेर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।

भडियो सन्देशमा ओलीले भनेका छन्, ‘‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आइतबारको साफ खेलकुद लाइभ हेरेको भन्दै साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले साफको उद्घाटन गरिदिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद व्यक्तसमेत गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter