सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिन्छ : उपप्रम पोखरेल

मङ्गलबारे, मङ्सिर १८ गते । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो ।

स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताउनुभयो । “तर तीन तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

केन्द्र सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उहाँको धारणा छ । देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यही सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उहाँले प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

किराँत धर्मवालम्बीका धर्मगुरु फल्गुनन्दका अवतारका रूपमा परिचित आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिने बताउनुभयो । महागुरु फल्गुनन्दको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निभ्न दिनु नहुने उहाँले बताउनुभयो । देशमा १२४ जातजाति र १०० बढी भाषाभाषीहरु रहेको बताउँदै उहाँले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन नलाग्ने जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रममा तत्कालिन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्र भइसक्ने बताउनुभयो । यस सडकभित्र पर्ने सबै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिालन्यास भइसक्ने बताउँदै उहाँले अब यहाँ विकासको शुरु भइसकेको बताउनुभयो ।

जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुखलगायतको उपस्थिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter