मानव अधिकार आयोग, निर्वाचन आयोगको प्रतिवेदन पेश
काठमाडौं, मङ्सिर २२ गते । मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७६ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ ।
आइतबार शितल निवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्मालले राष्ट्रपति भण्डारीलाई सो प्रतिवेदन पेस गर्नु भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो
निर्वाचन आयोगले उपनिर्वाचन २०७६ को प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।
आइतबार निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँगै आयोगका आयुक्तहरुको उपस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।