स्रोतमा नै फोहर छुट्याउँदै कामपा

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

यसरी फोहर व्यवस्थापन गर्ने कार्यका लागि अहिले महानगरकाका ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको बताउनुभयो । उहाँले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिनुभयो ।

उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो । यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।

ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter