ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम

काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ ।

सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उहाँको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालीमको आयोजना गर्नेछ । सचेतनामूलक तालीमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटनासमेत न्यूनकिरण हुने विश्वास गरिएको छ ।

काठमाडौँका सडकमा गुड्ने सवारी साधनमध्ये एक दशमलव पाँच प्रतिशत यात्रु मात्रै साइकलमा यात्रा गर्ने गरेका छन् । अन्य सबै निजी वा सार्वजनिक सावरी साधनको प्रयोग गर्ने गर्दछन् । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदल यात्रा तथा साइकल प्रयोगका लागि अनुकूल मानिन्छ । तर यसको अभ्यास अत्यन्तै कम भएको छ भने सार्वजनिक सवारी साधनको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना दिनहुँ जस्तै हुने गरेका छन् ।

छोटो तथा मध्यम दूरीका लागि शहरका प्रायः जसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न शहरवासीलाई कठिनाइ भइरहेको छ । ठूला सवारी साधनको कम प्रयोग गरेर साइकल यात्रालाई प्रोत्साहन गर्नका लागि आगामी शनिबारदेखि पहिलो चरणमा माइतीघर तीनकुने साइकलमार्गको सञ्चालन तयारीसमेत गरिसकिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter