काठमाडौं महानगरले सडक मानवमुक्त अभियान घोषणा गर्ने

काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियान घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो ।

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियान घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए ।

महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन गर्ने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन वटासम्म दमकल राख्न मिल्ने भवनसँगै तालिम केन्दको व्यवस्था रहेको उनले बताए । रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए ।

२९ मंसिर ०५२ सालकाे दिन तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter