विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् ।

गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् । यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई लाखभन्दा बढीले श्रम स्वीकृति लिएर विदेशिएकोमा मङ्सिर महिनामा जाने धेरै छन् । विभागका अनुसार सो अवधिमा विदेशिएकामध्ये मङ्सिर महिनामा सबैभन्दा धेरै ५६ हजार ८१० जना श्रम स्वीकृति लिएर गए भने सबैभन्दा थोरै असोजमा १९ हजार ५४२ जनाले मात्रै श्रम स्वीकृति लिएर गएको देखिन्छ । यस्तै ५१ हजार ५०० जना, भदौ महिनामा ३९ हजार ८४७ जना र साउन महिनामा ३२ हजार ५५७ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

मङ्सिरमा श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि रहेको छ । मङ्सिरमा साउदीका लागि छ हजार १८२ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीपछि नेपाली श्रमिकको रोजाइ क्रमशः संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच हजार ४३५ जना, मलेसियामा चार हजार ९०५ जना र कतारका लागि तीन हजार ६९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter