विकास र समृद्धिको अभियानमा जुट्न प्रधानमन्त्रीबाट आह्वान

काठमाडौँ, पुस ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदैे विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्दै उहाँले विभिन्न जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई प्रगाढ तुल्याइने बताउनुभएको छ ।

‘‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ’’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ ।’’

सन्देशमा लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता रहेको उल्लेख गर्दै उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा यस्ता विशेषता मौलिक पूँजीका रुपमा रहेको पनि बताउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter