भ्रमण वर्ष २०२० को उद्घाटन समारोहबारे नगरपालिकाहरूसँग छलफल

काठमाडौँ, पुस ९ गते । सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ ।

दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले नगरपालिकाहरुको ध्यान जानुपर्ने बताए । त्यसको लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सुचिमा परेका क्षेत्रलाई जोडने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नुपर्ने रहेको बताए ।

काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य पर्यटकीय शहरहरुमा प्रचार प्रसार गर्नुपर्ने बताए । उनले २०२० मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन त्यसको विषयमा पनि स्पस्ट हुनुपर्ने बताए ।

ललितपुर माहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए । त्यसको लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासीक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको उनले जानकारी दिए ।

सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन १ जनवरीमा भव्य समारोहबीच दशरथ रंगशालामा दिउँसो ३ बजे गर्ने भएको छ । साथै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter