काष्ठमण्डप पुनर्निर्माण तीव्र गतिमा
शिवा तामाङ / काठमाडौँ, पुस १० गते । ऐतिहासिक तथा पुरातात्विक महìवको सम्पदा काष्ठमण्डपको पुनर्निर्माणको काम आधाभन्दा बढी सकिएको छ ।
वि.सं. २०७५ वैशाखबाट सुरु भएको पुनर्निर्माणको काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयोे । प्राचीन महìवको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।
काठमाडाँै महानगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको अगुवाइमा पुनर्निर्माण भइरहेको सो सम्पदा पूरा गर्न नेपाल सरकारको नीति तथा कार्यक्रममा तीन वर्षको समयसीमा तोकिएको थियो । काष्ठमण्डप पुनर्निर्माण गर्न शाक्यको अध्यक्षतामा स्थानीय पुरातìवविद्, वास्तुविद्, प्राविधिकसहित ५५ जना सम्मिलित काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरिएको छ ।
स्थानीयवासीको सहभागितामा निर्माण भइरहेको सो सम्पदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले क्षमा पूजा गरेपछि सुरु भएको थियो । पुनर्निर्माणको काम गतिशील रूपमा अगाडि बढिरहेकाले तोकिएकै समयमा सम्पन्न हुने अध्यक्ष शाक्यको विश्वास छ ।
प्रदेश सभा सदस्यसमेत रहनुभएका अध्यक्ष शाक्यले काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक काठ, माः अप्पा, इँटा र माटो जुटाउने काम भइरहेको जानकारी दिनुभयो ।
हाम्रा पुर्खाले ऐतिहासिक सम्पदाको निर्माण गर्दा युगौयुग टिकेको थियो । प्रकृति प्रदत्त पदार्थ काठ, माटो र माटोबाटै बनेको इँटा प्रयोग गरी एउटा पनि किला नठोकी निर्माण भइरहेको काष्ठमण्डपको दिगोपना पनि पहिलेको जस्तै हुने दाबी शाक्यको छ ।
महानगरपालिकाबाट पुनर्निर्माण बजेट
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको प्राचीन एवं ऐतिहासिक महìवको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले नै आवश्यक सम्पूर्ण बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
सोहीअनुरूप काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले सिड–मनीका रूपमा पहिलोपटक ५० लाख रुपियाँ प्रदान गरेको थियो । त्यसपछि पाँच करोड रुपियाँ रकम पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिसकेको र पाँच करोड रुपियाँ पुनः विनियोजन गरिएको तर निकासा हुन बाँकी रहेको समितिमा आर्थिक हरहिसाब हेर्नुहुने ज्ञानेन्द्ररत्न बज्राचार्यले जानकारी दिनुभयो । पुरातìव विभागले काष्ठमण्डप पुनर्निर्माणका लागि अनुमानित १९ करोड रुपियाँ बजेट लाग्ने जनाएको छ ।
सालको काठ प्रयोग
काठमध्ये सबैभन्दा टिकाउ हुने सालको काठ मात्र प्रयोग गरी काष्ठमण्डप पुनर्निर्माण भइरहेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक अनुमानित १७ हजार ५८ क्युफिट काठ टिम्बर कर्पोरेसनमार्फत व्यवस्थापन भइरहेको छ ।
हालसम्म बाराको अमलेखगञ्जमा पेट्रोल पाइपलाइनका लागि काटिएका काठ र महाकालीको सिँचाइ आयोजनाका लागि काटिएका सालका काठ गरी चार हजार ३३ क्युफिट काठ ल्याइसकिएको छ । आवश्यक काठको खोजी पनि भइरहेको छ भने १० प्रतिशत पुराना काठ प्रयोग गर्न सकिने समितिले जनाएको छ ।
माटो पनि परीक्षण
काष्ठमण्डप पुनर्निर्माण प्राचीन प्रविधिबाट बनाउनुपर्ने भएकाले इँटा जोड्न प्रयोग गरिने माटोको गुणस्तर परीक्षण गरेर मात्र प्रयोग भइरहेको छ । रानीपोखरी, धरहरा र काठमाडौँ महानगरपालिका १३ वडाबाट माटो ल्याई त्यसको गुणस्तर परीक्षणपछि प्रयोग गरिएको छ ।
काष्ठमण्डप पुनर्निर्माणका लागि आठ/दस सिकर्मी, चारजना डकर्मी र १२ जना ज्यामीले निरन्तर काम गरिरहनुभएको छ । मौलिक स्वरूपमा काष्ठमण्डप पुनर्निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, पुरातìव विभागको परामर्शमा काठमाडौँ महानगरपालिकाको रणनीतिक नेतृत्वमा पुनर्निर्माण गर्ने सहमति अनुसार नै काम भइरहेको अध्यक्ष शाक्यले बताउनुभयो ।
साथै, काष्ठमण्डपको पुराताìिवक, ऐतिहासिक तथा प्राचीन महìवलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन गरी पुरातìव विभागबाट स्वीकृत भएबमोजिम भइरहेको छ । काष्ठमण्डप पुनर्निर्माण सुरु गर्नुअघि बेलायतको दुरहाम विश्वविद्यालयका विशेषज्ञ टोलीले उत्खनन गरेको थियो । उत्खनन गर्दा भूकम्पले जगमा कुनै असर नगरेको प्रतिवेदन दिएको थियो भने काष्ठमण्डप सातौँ शताब्दीमा बनेको पनि सो टोलीले प्रमाणित गरेको थियो ।