एकपाते सुइरोमा विदेशी मख्ख

फिदिम, पुस ११ गते । पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।

आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तरराष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका नागरिक यहाँ आउने गरेका छन् । उनीहरुले यहाँबाट चियाको नमूना सङ्कलन गरी लैजाने, उपयुक्त मूल्य निर्धारण गर्ने र चिया खरीद गरी लैजाने गरेको पाथीभरा टी स्टेट प्रालिका अध्यक्ष उदयकुमार योङ्याले जानकारी दिनुभयो । फ्रान्स, जर्मनी, चेक, रुस, चीनलगायत मुलुकका नागरिक तथा व्यापारी यहाँ चियाबारे बुझ्न, चिया खरीद गर्न तथा घुम्न आउँछन् । कतिपय युरोपेलीले यहाँ दुईतीन हप्तासम्म समेत बिताउने गरेको अध्यक्ष योङ्याको भनाइ छ ।

पाथीभरा चिया बगानको चिया विदेशीका लागि सबैभन्दा प्रियकर छ । यहाँको एकपाते सुइरोबाट उत्पादन हुने चियामा विदेशी औधि सन्तुष्ट हुने गरेका छन् । संसारमै एकपाते सुइरोबाट बनेको चियालाई सबैभन्दा स्वादिष्ट मानिन्छ । विदेशीले यहाँबाट आफ्नो तथा आफ्ना ग्राहकको स्वादअनुसार चिया उत्पादन गर्न लगाई विदेश लैजाने गरेका छन् । उनीहरुले चियाको स्वादका आधारमा मूल्य निर्धारण गर्ने गरेका छन् । यहाँको चिया प्रतिकिलो ३० देखि ४० युरोसम्ममा बिक्री हुने गरेको योङ्याले जानकारी दिनुभयो । पाथीभरा टी स्टेटको चिया हिमकोप नामक कम्पनीले समेत विदेशमा बिक्री गर्दै आएको छ ।

छैनन् आधारभूत संरचना

नियमितजसो विदेशी पर्यटक आउने पाथीभरा चिया बगान रहेको चरीभञ्ज्याङ क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहे पनि यहाँ पर्यटकका लागि आवश्यक न्यूनतम संरचनासमेत निर्माण हुन सकेका छैनन् । पर्यटकलाई यहाँ खाने, बस्ने उचित व्यवस्था छैन । सरकारी निकायले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न उचित चासो नदिएको स्थानीयवासीको गुनासो छ । सरकारी बेवास्ताका कारण स्थानीयवासीले समेत यहाँ पर्यटन प्रवद्र्धनका लागि लगानी गर्ने हिम्मत गरेका छैनन् ।

योङ्याले पर्यटकको बसोबास तथा खानपिनका लागि चरीभञ्ज्याङमै आवास निर्माण गरी सुविधायुक्त कोठा निर्माण गरिरहनुभएको छ । “म आफैँले पर्यटकहरु भित्र्याउने न्यूनतम पूर्वाधार बनाउने प्रयत्न गरिरहेको छु । अरुलाई पनि पर्यटकहरुको व्यवस्थापन गर्ने र त्यसैबाट लाभ लिने प्रबन्ध गर्न उत्साहित गरिरहेको छु”, अध्यक्ष योङ्याले भन्नुभयो । केही सुविधा दिन सकिने र केही आकर्षक प्रकारका घर निर्माण गर्न आफूले सबैसँग आग्रह गर्दै आएको योङ्याको भनाइ छ । जिल्लामै पाथीभरा चिया बगान क्षेत्र सबैभन्दा बढी विदेशी पर्यटक आउने, बस्ने तथा घुमघाम गर्ने क्षेत्र मानिन्छ । याङ्वरक गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मविन्द्र योङ्या चरीभञ्ज्याङ जिल्लामै पर्यटकीय दृष्टि पृथक र विशेष महत्वको रहे पनि उचित र पर्याप्त लगानी हुन नसकेको गुनासो गर्नुहुन्छ । “चरीभञ्ज्याङलाई सबैभन्दा महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठाइरहेको छु तर पूर्वाधार निर्माण गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

कामदारको समस्या

चिया उत्पादनमा सधैँ कामदारको अभाव खड्किने गरेको छ । चिया टिप्ने, गोडमेललगायत कार्य वर्षमा नौ दश महिना हुन्छ । पाथीभरा टी स्टेट प्रालिले सरदर ३० जनालाई आफ्नो चिया बगानमा रोजगारी दिएको छ । रोजगारी पाउनेहरु अधिकांश स्थानीयवासी छन् । उनीहरु खेतीपातीका याममा आफ्नै खेतीमा व्यस्त हुन्छन् । “आफ्नो खेतीको काम नसकी कुनै पनि कामदार यहाँ आएर काम गर्नुहुन्न । चिया बगानले सधैँ रोजगारी दिन सक्दैन । उहाँहरु नआउँदा यता चियाको काम गर्न ढिला भइसक्छ । यसले चिया उत्पादनमा समेत असर पारिरहेको छ”, प्रालि अध्यक्ष योङ्याले भन्नुभयो । कामदार पर्याप्त नहुँदा चिया हुर्किएर जाने, टिप्न नभ्याइने जस्ता समस्या हुने गरेका छन् । चिया बगानलाई याममा करीब ४० कामदार आवश्यक पर्छ । यहाँ विद्युतीकरण हुन नसक्दा जेनेरेटरमार्फत चिया उद्योगमा विद्युत् आपूर्ति गरिएको छ । जेनेरेटरको प्रयोगले चिया उत्पादन महँगो पर्ने र यसको सोझो असर उत्पादकलाई हुने प्रालि सञ्चालकको गुनासो छ ।

पाथीभरा टी स्टेट प्रालिले ब्ल्याक टी ९कालो चिया०, ह्वाइट टी ९सेतो चिया०, ग्रीन टी ९हरियो चिया० लगायत चियाका जात उत्पादन गर्दै आएको छ । यहाँबाट वर्षेनी करीब साढे सात हजार किलोग्राम चिया उत्पादन हुने गरेको पाथीभरा टी स्टेट प्रालिका अध्यक्ष योङ्याले जानकारी दिनुभयो । यहाँबाट सबैभन्दा बढी ब्ल्याक टी उत्पादन हुने गरेको छ । याङ्वरक –३ ओयामस्थित पाथीभरा चिया बगान जिल्लाकै ठूलो चिया बगानमध्येको एक हो । याङ्वरक– ३ तथा छिमेकी फालेलुङ गाउँपालिका वडा नं। २ मा अवस्थित यस चिया बगानको आफ्नै करीब एक हजार दुई सय रोपनी जमीन छ । सोमध्ये करीब आठ सय रोपनीमा चिया रोपण गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter