असोजमा ‘पर्यटन लगानी सम्मेलन’

विश्वास रेग्मी / काठमाडौँ, पुस १३ गते । नेपालको पर्यटन क्षेत्रमा लगानी भिœयाउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताउनुभयो । उहाँका अनुसार २०७७ असोज ६ गते यस्तो सम्मेलन आयोजना गर्ने योजना छ ।

भ्रमण वर्षको सफलता नयाँ भित्रने लगानीले पनि निर्धारण गर्ने भएकाले यस्तो सम्मेलन आयोजनाको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्ष खाली सङ्ख्याले मात्र सफल हुँदैन, उहाँले भन्नुभयो, नयाँ लगानी र त्यसले सिर्जना गर्ने रोजगारीको पनि यसको सफलतामा महŒवपूर्ण भूमिका हुन्छ । सम्मेलनमा पर्यटन क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । सम्मेलनको मिति तय भए पनि स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि नेपालमा विदेशी लगानी भिœयाउने उद्देश्यसहित दुईवटा लगानी सम्मेलन आयोजना भइसकेको छ तर लगानी सम्मेलनपछिको उपलब्धि कार्यान्वयनको अवस्था भने कमजोर छ । त्यही परिस्थितिलाई ध्यानमा राखेर पर्यटन लगानी सम्मेलन भने अलि फरक ढङ्गबाट गरिने वैद्यको भनाइ छ । लगानी प्रतिबद्धतालाई कार्यान्वयनमै ल्याउने गरी सम्मेलनको आयोजना हुने उहाँले बताउनुभयो ।

सम्मेलनले पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान बढाउने अपेक्षा सचिवालयको छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान अहिलेको तीन प्रतिशतबाट बढाएर १० प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ । सन् २०२५ सम्मको उक्त लक्ष्यलाई पूरा गर्न उक्त सम्मेलन सहयोगी हुने वैद्यले बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रमा खासगरी होटल उद्योगमा विदेशी लगानीको आकर्षण छ । पर्यटकको सङ्ख्या बढ्दै जाँदा पर्यटक स्तरीय होटलको आवश्यकता पनि बढ्ने भएकाले त्यसका लागि आवश्यक लगानी जुटाउन सम्मेलन उपयोगी हुने विश्वास वैद्यको छ । भ्रमण वर्षलाई सचिवालयले आन्तरिक रोजगारी सिर्जनाको अवसरका रूपमा अगाडि बढाइरहेकाले लगानी सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । कतिपय नयाँ गन्तव्यमा अहिले पनि आवश्यक न्यूनतम पूर्वाधार छैन, उहाँले भन्नुभयो, त्यस्ता ठाउँमा लगानीको अवसर सम्मेलनले देखाउने छ । खप्तड, रारा, अरुण उपत्यका, कोसीटप्पुजस्ता पर्यटकीय हिसाबले अति आकर्षक ठाउँमा पनि पर्यटकीय पूर्वाधार नहुँदा पर्यटक नै पुग्न नसकेको उहाँको भनाइ छ । गुणस्तरीय पर्यटक लैजान सकिने त्यस्ता सम्भाव्य स्थानमा लगानी भिœयाउन सम्मेलन माध्यम बन्ने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter