सन्दीप लामिछानेलाई एक लाख नगदसहित युथ आइकन सम्मान दिइने


काठमाडौँ, माघ २१ गते ।  क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ युथ कन्क्लेभ २०२० को मूल समारोहमा युथ आइकन सम्मानसहित एक लाख नगर पुरस्कार दिइने भएको छ । यससँगै राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्यलाई पनि विशेष सम्मान गरिँदै छ । समारोहमा प्रमुख अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने भएका छन् ।

विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३,००० युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै हामी शुक्रबार काठमाडौँ युथ कन्क्लेभ २०२० को आयोजना गर्दै छौँ । कलेजहरूद्वारा आयोजित युवाहरू (विशेषतः प्लस टु स्तरका विद्यार्थीलगायत अन्य)को सबैभन्दा ठूलो नेतृत्व मञ्च यो कार्यक्रम हुनेछ । कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दै छ।

यसले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्नेछ । यस काठमाडौँ युथ कन्क्लेभ २०२० को प्रमुख उद्देश्यहरू विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, परम्परागत शिक्षणविधिमा आवश्यक परिवर्तन ल्याउने, नयाँ उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा सेलिब्रिटी र अन्य सरोकारवालाको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने रहेका छन्। गत वर्ष काठमाडौँ युथ कन्क्लेभ २०१९ मा झैँ यस वर्षको कार्यक्रमले पनि युवाहरूलाई नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, ब्रेन ड्रेन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग गर्नेछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter