आर्मीलाई हराउँदै मच्छिन्द्र ए डिभिजन लिगको च्याम्पियन

काठमाडौं, फागुन ३ गते । मच्छिन्द्र युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गर्नुभएको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुग्यो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा देवेन्द्र तामाङले गर्नुभएको प्रहार गोलपोष्ट चुम्दा अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्नुहुँदै त्रिभुवन आर्मीलाई बराबरीबाट रोक्नुभयो ।

८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले मैदानको बीच भागबाट एकल प्रयासमा गोलपोष्ट नजिकसम्म डोर्याएपनि मच्छिन्द्रका पिटर सेगुइनले बल खोस्दै अन्तिम प्रहार गर्ने अवसर समेत दिनुभएन ।

इन्ज्युरी समयको पाँच मिनेट समय थपिदा आर्मीले गोलको आक्रामक प्रयासहरु गरेपनि मच्छिन्द्रको रक्षात्मक पद्धतीले आर्मीको चाहना पुरा हुन दिएन ।

अत्यन्तै रोमाञ्चक स्पर्धामा त्रिभुवन आर्मीले गोलको प्रयास गरेपनि सफल हुन सकेन । त्रिभुवन आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए उपाधि उचाल्न सफल हुन्थ्यो ।मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षकको उपाधिबाट सम्मानित हुनुभएको छ ।

मच्छिन्द्रका विशाल राई लिगमा उत्कृष्ट मीडफिल्ड घोषित हुनुभयो । थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्स घोषित हुनुभयो । मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की उत्कृष्ट गोलकीपरको उपाधिबाट सम्मानित हुनुभएको छ । न्यूरोड टिमका दर्शन गुरुङ लेफ्टीनेन्ट मणि विक्रम शाह युवा खेलाडी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । ललितपुरको थ्री स्टार क्लब ‘फेयर प्ले अवार्ड’बाट सम्मानित भएको छ । त्रिभुवन आर्मी क्लबको पोल्टामा भने उत्कृष्ट फरवार्डको उपाधि गयो । भरत खवास उत्कृष्ट फरवार्ड घोषित हुनुभयो ।

उहाँहरु सबैलाई अखिल नेपाल फुटबल संघले दशरथ रङ्गशालामा एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter