भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणको काम ८३ प्रतिशत सकियो

मुकुन्द गैरे / काठमाडौं फागुन ४ गते ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका निजी आवास निर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ ।

भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निमाणको काम परिणाममुखी नभएको जनगुनासो आईरहेको बेला प्राधिकरणले उल्लेखनीय काम भएको दावी गरेको हो ।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भूकम्प बढी प्रभावित १४ जिल्लामा सांस्कृतिक सम्पदाको ५१ प्रतिशत काम पूरा भएको बताउनुभयो ।

यसै गरि स्वास्थ्य क्षेत्रमा एक हजार १९७ भौतिक संरचना पूनर्निर्माण गर्नु पर्नेमा ६ ६५ बनिसकेको अर्यालले जानकारी दिनुभयो ।

यसै गरी अन्य भौतिक संरचनाको काम तीव्र गतीका काम भईरहेको प्राधिकरणले जनाएको छ ।

आम मानिसको जनचासो भएको धरहराको काम ३५ प्रतिशत पूरा भईसकेको प्राधिकरणले बताएको छ ।

यसै गरी रानीपोखरीको ५० प्रतिशत काम पूरा भएको छ । देशकै प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार भित्रका क्षतिग्रस्त भवनको प्रवलीकरणको काम पनि चलिरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पर्यटन बर्ष २०२० लाई लक्षित गरी काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरूको पुनर्निर्माण द्रूत गतिमा अघि बढाएको बताएको छ ।

अहिले सम्म २ ८८ अर्व ९५ करोड ३२ लाख रकम खर्च भईसकेको प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले मानवीय सँगै ठुलो भौतिक क्षति गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter