साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोख्रेल

बनेपा, फागुन ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोख्रेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताउनुभयो । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न दक्षजनशक्ति उत्पादन गरेर मात्रै सम्भव हुने भएकाले त्यसतर्फ सिङ्गो मुलुक केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

“शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र समृद्धि सम्भव छ”, मन्त्री पोख्रेलले भन्नुभयो, “प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रूपमा विस्तार गरेर रणनीतिक ढङ्गले अगाडि बढ्न ‘स्किल फर अल’को नीतिमा सरकार अघि बढिरहेको छ ।” उहाँले साक्षर भइसकेका पनि निरक्षरतर्फ फर्कनसक्ने अवस्थासमेत रहने भएकाले त्यसलाई पनि ध्यान दिन र अबको पुस्तालाई कम्प्युटर शिक्षासँग जोडेर हेर्नसमेत आग्रह गर्नुभयो ।

जिल्ला साक्षर घोषणा गरिरहँदा अब नेपाल ‘डिजिटल लिटे«सी’तर्फसमेत जानुपर्ने अवस्था रहेकोले बताउँदै मन्त्री पोख्रेलले प्रविधिसँग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसँगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले भनाइ छ ।

कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई व्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गर्नुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६/७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ ।

यसअघि जिल्लाको मापदण्ड पूरा गरी मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरी आज जिल्लालाई साक्षर घोषणा गरिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter