सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा; अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई थप जिम्मेवारी

काठमाडौं, ८ गते । सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिनुभएको छ ।

मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको उहाँको आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् सो जानकारी दिनुभएको छ ।

‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’ बाँस्कोटाको आधिकारिक फेसबुक तथा ट्वीटर हाण्डलमा उल्लेख छ ।

अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई थप जिम्मेवारी

अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई सहरी विकास मन्त्रालयको थप जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिनुभएपछि प्रधानमन्त्रीको सिफारिसमा उहाँहरुलाई थप जिम्मेवारी दिइएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter