पोखरामा बाल अस्पताल सञ्चालन गर्न सम्झौता

पोखरामा बाल अस्पताल सञ्चालनका लागि पोखरा महानगर र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)बीच आइतबार सम्झौता भएको छ ।

सम्झौतापत्रका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा पोखरा महानगरका मेयर मानबहादुर जिसी र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरे । किओचले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने योजना बनाएको छ । जसअन्तर्गत यो पहिलो सम्झौता हो । यसपछि काठमाडौंमा सम्झौता गर्ने तयारी भइरहेको प्रा.डा. कोइरालाले जानकारी दिए ।

सम्झौतामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सबै वर्ग र तहका बालबालिकाको सहज पहुँच भएको र केन्द्रीय अस्पताल पे्रषण सम्पर्कसहितको बाल अस्पताल निर्माण तथा सञ्चालन गर्ने उल्लेख छ । बाल अस्पतालका लागि पोखरा महानगरले वडा नं. २७ को कार्यालय रहेको भवन (साविक लेखनाथ नगरपालिकाको कार्यालय)सहित ३७ रोपनी जग्गा ३० वर्षसम्म निःशुल्क उपलब्ध गराउने छ । उक्त अस्पताल बनेपछि समग्र गण्डकी प्रदेशकै बालबालिकाका लागि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

सुरुवाती चरणमा ५० शैया रहने अस्पतालको शैया पछि सय पु¥याइने किओचका संस्थापक अध्यक्ष प्रा.डा. कोइरालाले जानकारी दिए । उनले अस्पताल निर्माणमा ४० देखि ५० करोडसम्म लाग्ने अनुमान गरिएको पनि बताए । अस्पताल निर्माणका लागि स्रोत जुटाउन महानगरपालिका, प्रदेश सरकार, नेपाल सरकारको स्वास्थ्य बिमा लगायतका योजनासँग जोड्ने र सहजीकरण गर्ने जिम्मा पोखरा महानगरले लिएको छ । पोखरा महानगरका मेयर जिसीले बाल अस्पताल छिट्टै सञ्चालनमा ल्याउन महानगरले गर्नुपर्ने काममा कुनै ढिलाई नहुने स्पष्ट पारे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter