कोरोना महामारी रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी र परिस्थितिलाई सहज तथा सन्तुलित बनाउन निर्देशन

काठमाडौं, चैत २१ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस कोरोना–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको छाउनीस्थित ‘कोभिड–१९ क्राइसिस म्यानेजम्याण्ट सेण्टर (सिसिएमसी)’ कार्यालयको शुक्रवार निरीक्षण गर्नु भएको छ ।

सिसिएसीका संयोजक समेत रहनु भएका पोखरेलले कोभिड–१९ क्राइसिस म्यानेजम्याण्ट सेण्टर (सिसिएमसी) को कार्यालय स्थापनासँगै हालसम्म भए गरेका काम कारवाहीको वारेमा जानकारी लिनु भएको सेनाले जनाएको छ ।

उक्त भ्रमणको क्रममा रक्षामन्त्री पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र उपचार, संक्रमितलाई सुरक्षित ढंगले अस्पतालसम्म पु¥याई उचित उपचार ब्यवस्था, अत्यावश्यक औंषधी, उपकरण तथा स्वास्थ्य सामाग्रीका वारेमा जानकारी लिनु भएको छ ।

त्यस अवसरमा विज्ञ चिकित्सक, स्वास्थ्य सेवा विभाग र सैनिक चिकित्सकहरूले कोरोना नियन्त्रण गर्न आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतिकरण गरी मन्त्रीलाई जानकारी गराईएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

उक्त प्रस्तुतिकरणका क्रममा ‘लकडाउन’ को समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, अत्यावश्यक उपभोग्य समानहरूको आपूर्ति र राहत बितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराईएको थियो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले पनि कोरोना महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन र वर्तमान परिस्थितिलाई सहज तथा सन्तुलित बनाउन सम्बद्ध सरोकारवाला निकाय सबैकोे साझा प्रतिवद्धता, मिहिनेत र ईमान्दारितामा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter