देशभर १५ सय बढिको कोरोना परीक्षण, ११३ जना आइसोलेसनमा

काठमाडौं । नेपालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत १५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार परिक्षण गरिएको १५ सय २९ मध्ये एक सय १३ जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ । जसमध्ये ९ जनामा कोरोना भएको यसअघि नै पुष्टी भईसकेको थियो । उनका अनुसार काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर १०१ जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ ।

खरिपाटीको क्वारेन्टाईनमा रहेका सबैको रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा रहेका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ भएको पाइएको छ । कोरोना आंशकामा क्वारेन्टाईनमा राखिएका सबै ९४ जनामा कोरोनाको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जनाएका हुन् ।

सरकारले विभिन्न एयरलाईन्समार्फत नेपाल आएका ९४ जनालाई क्वारेन्टाइनमा राखेको थियो ।

टेकु पछि दोस्रो ठूलो प्रयोगशाला चितवनमा तयार, एक सिफ्टमा ९० नमुना परीक्षण गर्न सकिने

राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ ।

मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरोना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो । प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा कोरोनाको परिक्षण गर्ने स्थापना गरिएको हो ।

प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्ला स्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमुना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गर्नु भयो ।

आइतबार एउटा नमुनामात्र प्रयोगशालामा परिक्षण गरिने छ । सो नमुना प्रदेश परिक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाईएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो ।

उहाँले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताउनु भयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो । कोरोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताउनुभयो । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि संञ्चालनमा ल्याईएको हो ।

प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा.कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना बिशेषज्ञ, प्राबिधिकहरु तयारी अबस्थामा रहेका छन् । एक सिफ्टमा ९० वटा नमुना परिक्षण गर्न सकीने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पछिको देशकै उच्च स्तरको प्रयोगशाला स्थापना भएको भन्दै उहाँले क्षमता बिस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परिक्षण गर्न सक्ने गरि प्रयोगशाला स्थापना गरिएको बताउनुभयो ।

प्रयोगशालामा भरतपुर अस्पताल, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडीकल कलेज, कलेजअफ मेडीकल साईन्सेस र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका प्राबिधिकहरुले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका उपकरणहरु ल्याईएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालय मार्फतका निकायबाट उपलव्ध भएका उपकरण र रसायनहरु प्रयोगमा ल्याईएको छ ।

राष्ट्रिय पंन्छीरोग अन्बेषण प्रयोगशालामा भएका उपकरणहरुलाई उच्चतम प्रयोग गरि कोभिड १९ प्रयोगशाला सञ्चालनमा ल्याईएको हो । सो अबसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राबिधिक बिमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रुपमा उच्च स्तरको प्रयोगशाला तयार भएको बताउनुभयो । कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजहरुले नमुना टेकु पठाउँदै आएकोमा केही दिन अघिबाट हेटौडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नु पर्ने माग वढेर गएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter