गर्भनर अधिकारीद्वारा सपथ ग्रहण; कोभिड १९ को असर अध्ययन गर्न कमिटि गठन

काठमाडौं, चैत २५ गते । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले उहाँलाई सपथ ग्रहण गराउनु भएको सर्वोच्च अदालतले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

कोभिड १९ को असर अध्ययन गर्न कमिटि गठन

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर माहाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पर्ने प्रभाव र राष्ट्र बैंकले चाल्नुपर्ने कदको लागि अध्ययन अगाडि बढाउन कमिटि गठन गरेका छन्।

अधिकारीले प्रधान न्यायधिशबाट शपथ खाएर पदभार ग्रहण गर्दै राष्ट्र बैंकको गभर्नरको पहिलो कामस्वरुप उक्त निर्देशन दिएकाे राष्ट्र बैैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए।

भट्टले भने ‘कोभिड १९ को असरले अर्थतन्त्रमा के पर्छ र त्यो असर न्यूनिकरण गर्न के कस्ता नीतिगत उपायहरु अपनाउनुपर्छ भन्ने विषयमा अध्ययन अगाडि बढाउनको कमिटि गठन भएको छ।’

उक्त कमिटि राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको हो । कमिटिमा विदेशि विमिय व्यवस्थापन विभाग, नियमन विभाग,सुपरिभिजन विभाग, भुक्तानी प्रणली विभाग, बैंकर्स सँघका प्रतिनिधि रहेका छन्। उक्त कमिटिमा आवश्यकता अनुसार अन्य विज्ञहरुलाइ समेत बोलाउन सकिने उनले बताए।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter