वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित

काठमाडौँ, चैत २८ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो ।

वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः वीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा तथा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter