जटिल प्रकृतिका बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौं, बैशाख २ गते । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गाैलारोगीलगायतलाई नि:शुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने भएको छ । जटिल प्रकृतिका रोगबाट प्रताडित बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र ल्याउन महानगरपालिकाले आर्थिक सहयोग गरी नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले सोमबार संयुक्त एम्बुलेन्सचालक संघ नेपालसँग त्यस्ता बिरामीलाई ओसारपसार गर्दा लाग्ने शुल्क दिने सहमति गरेको हो ।

संघका अध्यक्ष गोवद्र्धन सापकोटाले लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घन्टा जटिल प्रकृतिका बिरामीलाई सेवा दिने बताए । महानगरले बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारीसाधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइनेछैन । एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवाशुल्क लिन पाइनेछैन,’ सम्झौतामा उल्लेख छ, ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन–जान आनाकानी वा मोलतोल गर्न पाइनेछैन ।’एम्बुलेन्सले महानगरको भौगोलिक सीमाबाहिर दुई किमिसम्म नि:शुल्क सेवा दिनुपर्नेछ । तर, दुई किमिभन्दा बढी दूरीमा यात्रा गर्नुपर्दा सम्बन्धित बिरामीले नेपाल सरकारको नियमानुसार दूरीका आधारमा भाडा तिर्नुपर्नेछ ।

‘नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्नेछ । यसमा हृदयाघात, मृगौलारोगी, आकस्मिक सेवाका बिरामीलाई पहिलो प्राथमिकता दिनुपर्नेछ,’ सम्झौतामा उल्लेख गरिएको छ । एम्बुलेन्सले चाबहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट
सेवा दिनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter