लक डाउनको सदुपयोग, एक जनाले दैनिक ७ मिटरसम्म कपडा उत्पादन

ध्यान कुलुङ / सङ्खुवासभा। सिलिचोङ गाउँपालिका १ सिसुवाखोला गाउँपालिकाका राजकुमारी राईले अहिले दैनिक ७ मिटर अल्लोको कपडा बुन्नुहुन्छ । अरु बेला ५ मिटर जत्ती मात्र कपडा बुन्नुहुने राईले लक डाउनको समयमा अहिले ७ मिटरसम्म बुन्दै आउनुभएको हो ।

सिसुवाखोला गाउँका राजकुमारी राई मात्र नभएर लक डाउनको समयमा कपडा बुन्ने महिलाहरुको संख्या बढेको छ । कोरोना भाईरसको संक्रमण पछि सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै जिल्लाका महिलाहरुले कपडाको उत्पादनलाई तिब्रता दिएका हुन् । लक डाउनको कारण सार्वजनिक र सामुहिक कामहरु ठप्प भएपछि आफ्नै घरमा कपडा उत्पादन गर्दै आएका हुन् । बाहिरको काम नहुँदा घरको काम अन्य परिवारको सदस्यले गर्ने र बुनाकार (कपडा बुन्ने) हरुले विहानदेखि साँझसम्म कपडा मात्र बुन्न पाउँदा ठुलो परिणाममा कपडा बुन्न पाएका हुन् ।

लकडाउन नहुँदा बालबालिकाहरु विद्यालय जाने र आफुहरु समेत अन्य काममा लाग्नु पर्ने हुँदा कपडा बुन्न धेरै समय ननिस्किने सिलिचोङ गाउँपालिकाकै अर्का बुनाकार मनरुपा राईले बताउनुभयो । तर अहिले बाहिरको काम नहुँदा पुग्दो समय भएकोले मनग्गे कपडा बुन्न पाएको राईको भनाई छ । यस क्षेत्रमा खेतबारीका काम बाहेक विकासे आयोजनाहरुमा ज्यालादारीमा काम गर्छन् । लकडाउनको कारण विकास निर्माणको काम पनि ठप्प भएपछि यहाँका नागरिकहरु फुर्सदिला भएका छन् । यो समयमा पुरुषहरुले घरको काम गरेर सिप भएका महिलाहरुलाई कपडा बुन्न समय दिईएको स्थानीय बताउछन् ।

सिलिचोङ गाउँपालिका २ बुधबारेमा कपडा बुन्दै गर्नुभएका आरती राईका अनुसार अहिले अल्लोको कपडा प्रतिमिटर पाँच सय रुपैयाँसम्ममा विक्रि हुँदै आएको छ । यसको मुल्य अल्लोको मात्रामा भर पर्ने उहाँले बताउनुभयो । प्रायजसो सुतिको धागोसँग मिसाएर बुनिने यो कपडामा अल्लोको धागो बढि प्रयोग भए कपडाको मुल्य बढि पर्ने आरती राईले बताउनुभयो । उत्पादनको मात्रा र मुल्य हेर्दा दैनिक तीन हजार रुपैयाँ भन्दा बढी मुल्यको कपडा एक जनाले उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समय धागोको मुल्य अत्यन्तै महँगो भएकोले खर्च कटाउँदा आफुहरुलाई त्यत्ति धेरै आमदानी नहुँदे बुनाकारहरु बताउछन् ।

लक डाउनको अवधीमा बुनिएका कपडाहरु विक्रि गर्न नपाएको कपडा उत्पादकहरु बताउछन् । सरकारले आवत जावतमा प्रतिबन्ध लगाएकोले विक्रि गर्न लैजान नसकिएको उनीहरु बताउछन् । यस क्षेत्रमा बुनिएको कपडा स्थानीय ब्यापारीहरु मार्फत नेपाल भित्र र बाहिर विक्रि हुँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter