सनसिटीमा संक्रमित परिवारको एक जनामा पुनः नेगेटिभ; सनसिटीमा २९६ को -यापिड टेस्ट, सबैको नेगेटिभ

काठमाडौं, बैशाख ३ गते । सनसिटीमा बसेका एकै परीवारका ¥यापिड टेस्टमा तीन जनाका कोरोना पोजेटिभ देखिएको पछि गरिएको पीसीआर विधिबाट परीक्षण गर्दा सो परिवारको एक जना (बुहारी) मा भने संक्रमण फेला नपरेको बताइएको छ ।

सो परिवारका दुई जना ८१ वर्षिया आमा र ५८ वर्षिया छोरामा संक्रमण पाइएको थियो ।

अर्को एक सदस्यको दोहो-याएर जाँच गर्दा पनि नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. बिकास देवकोटाले जानकारी गराउनुभयो ।

सो परिवारमा काम गर्ने सहयोगीको नमुना संकलन भएको र सो परीक्षणका क्रममा रहेको बताइएको छ ।

सनसिटीमा २९६ को -यापिड टेस्ट, सबैको नेगेटिभ

कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको -यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ आएको छ ।

सो जानकारी कागेश्वरीमनोहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा)ले दिनुभयो ।

सो अर्पाटमेन्टकाे ए ब्लकामा २९८ जना बस्ने गरेका र अन्य ब्लकमा बस्नेकाे पनि अबस्था हेरेर क्रमस परीक्षण गरीने उहाँले बताउनुभयाे । साे ब्लकका एक परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि त्याहाँ बस्ने अरुको -यापिड टेस्ट आज विहान सुरु गएिको थियो ।

उक्त अपार्टमेंट मा बिहान ९ बजे देखि स्वास्थ्य सेबा बिभाग इपिडिमेलोजी माहाशाखाका डा. अमृत पोखरेल , महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका को सहयोगमा १५ जना स्वास्थ्यकर्मी हरुको टोलिबाट स्वास्थय परीक्षण गिरएकाे थियाे । साथै साे अपार्टमेन्ट क्षेत्रमा सरसफाइ तथा क्लाेरिन छर्कने काम पनि भएकाे थियाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter