हेटौँडामा -यापिड टेस्टमा चार जनामा पोजेटिभ; चैतमा विदेशबाट आएका सबैले -यापिड टेष्ट गर्नुपर्ने

हेटौँडा, वैशाख ४ गते । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ ।

द्रूत परीक्षण किट अर्थात ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा बाग्मती प्रदेशको मकवानपुरमा चार जनासहित १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।

मकवानपुरका हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बिहीबार आरडीटी किटबाट ४९ परीक्षण गरिएकोमा चार जनाको रिपोर्ट पोजेटिभ भेटिएको छ ।

आरडीटी पोजेटिभ रिपोर्ट आएकाहरुलाई हेटौँडा अस्पतालको आइसोलेसन कक्षमा राखिएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, आरडीटी पोजेटिभ रिपोर्ट भेटिएकाहरुको स्वाब सङ्कलन गरिएको छ, पीसीआर विधिबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा परीक्षणपछि कोरोना भाइरस लागे नलागेको यकिन हुन्छ ।

हेटौँडा १५ मा नौ जना र हेटौँडा ४ स्थित बासुदेव सभागृहमा ४० जनाको आरडीटी परीक्षण भएको भारत घर भइ हाल हेटौँडा ४ मा बस्दै आएका महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय पुरुष, भारतबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय पुरुष र साउदी अरबबाट फर्किएका ३२ वर्षीय पुरुषमा आरडीटी पोजेटिभ देखिएको हो ।

यस्तै आरडीटीबाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा मकवानपुर बाहेक प्रदेशका जिल्लामा आठ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आरडीटीबाट परीक्षण गर्दा बिहीबार थप एक जनामा पोजेटिभ पाइएको छ ।

मन्त्रालयका प्रबक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले ९९४ जनामा आरडीटीबाट जाँच भएकोमा काठमाडौँ जिल्लामा ३१ वर्षीया महिलामा पोजेटिभ देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, इटालीबाट फर्किएका बुढानिलकण्ठ नगरपालिकाका ती महिलाको पीसीआर विधिबाट परीक्षण हुनेक्रममा रहेको छ ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, चितवन, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण दुई हजार २५४ जना गरिएकोमा पोजेटिभ भेटिएका आठ जनामध्ये दुई जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

प्रबक्ता सेढाईले प्रदेशका सबै जिल्लामा गरी विदेशबाट फर्किएका र कोरोना भाइरसका शङ्कास्पद विरामीको जाँच गर्न चार हजार तीन सय द्रुत परीक्षण किट (आरडीटी) पठाइएको छ ।

चैतमा विदेशबाट आएका सबैले -यापिड टेष्ट गर्नुपर्ने

चैत महिनाभित्र विदेशबाट आएका सबैले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) गराउनुपर्ने भएको छ । यो टेस्टबाट पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर आरटि–पीसीआर परीक्षण गराइन्छ ।

यस्तै, कोभिड–१९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैको आरडिटी परीक्षण गरिने भएको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार, कोभिड–१९ पोजेटिभको सम्पर्कमा आएका, कोरोना भाइरसको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएकाहरुको समेत आरडिटी परीक्षण अनिवार्य गरिने भएको छ । यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गराएर नेगेटिभ परिणाम आएमा घर पठाइए पनि एक हप्ता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

के हो आरटी–पीसीआर परीक्षण
शरिरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो, आरटी–पीसीआर । पीसीआर परीक्षणका विषयमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जानकारी उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पेजमा राखिएको जानकारीअनुसार, कोरोनाको भाइरस मानिसको शरिरभित्र थुकको छिटा मार्फत् मुख, नाक वा आँखाबाट प्रवेश गर्छ । त्यसपछि करिव पाँचदेखि सात दिनसम्ममा शरिरमा भाइरसको संख्या बृद्धि भइसक्छ । यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमूना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस भए नभएको देखिन्छ ।

यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरिरमा फैलिन्छ । तेस्रो हप्तादेखि विस्तारै कम हुँदै जान्छ । त्यसैले, आरटी पीसीआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिन पनि हुनसक्छ । तर शरिरमा भाइरस प्रवेश गरेपछि यो भाइरस बिरुद्धको एन्टिबडी विकास हुन थाल्छ । हालसम्मको अध्ययनअनुसार, भाइरस प्रवेश गरेको सात दिनदेखि आइजी ‘एम’ नामको एन्टिबडी बन्छ । यस्तो आइजीएम करिव एक महिनासम्ममा कम हुँदै जान्छ । करिव १४ दिनदेखि आईजी ‘जी’ नामको एन्टिबडी उत्पादन हुन्छ । जुनचाहिँ केही लामो समयसम्म रहन सक्छ । आइजीएमले सङ्क्रमण भर्खरै भएको सङ्केत गर्छ । आईजीजीले सङ्क्रमण केही पुरानो हो भन्ने बुझाउँछ ।

र्यापिट डाइग्नोस्टिक परीक्षण किन ?

र्यापिड डाइग्नोस्टिक परीक्षण ९आरडिटी०ले पनि कोरोना बिरुद्धको एन्टिबडी देखाउँछ । द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ताअघि नै कोरोनाको सङ्क्रमण भएको भन्ने बुझिन्छ । किनभने कोरोनाको एन्टिबडी विकास हुन कम्तिमा एक हप्ता लाग्छ । त्यसैले कारोना सङ्क्रमण भएको सुरुको अवस्थामा ९सङ्क्रमण सुरु भएको एक हप्ताभित्रै० र्यापिड डाइग्नोस्टिक किटबाट जाँच गर्दा नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना सङ्क्रमणको सुरुको हप्तामा आरटी पीसीआरबाट र दोस्रो हप्ता कटेपछि र्यापिड डाइग्नोस्टिक कीटबाट परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना बढी हुन्छ । साधारणतय, आरडिटीबाट नेगेटिभ आएको तर आरटी–पीसीआर जाँचबाट पोजेटिभ देखिएमा कोरोना सङ्क्रमणको सुरुको अवस्था भन्ने बुझ्नु पर्छ । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ताअघि सङ्क्रमण भएको भन्ने बुझिन्छ ।

आरटीडीमा पोजेटिभ र आरटी पीसीआरमा नेगेटिभ भए कम्तिमा तीन हप्ता अगाडि कोरोना सङ्क्रमण भएको थियो र यसको बिरुद्धको प्रतिरक्षा गर्ने एन्टिबडी उत्पादन भएको भन्ने बुझिन्छ । आरडिटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने वित्तिकै कोरोना सङ्क्रमण छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना सङ्क्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको तीन हप्ता कटेको छैन भने एक हप्तापछि पुनः आरटिडी गराउनु पर्छ । त्यस्ता, व्यक्तिहरु जो सङ्क्रमित व्यक्तिको संसर्गमा छन्, उनीहरुलाई आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter