प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच तीन घन्टा भेटवार्ता

काठमाडौँ , वैशाख ६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकहरूलाई राहत दिने विषयमा छलफलका लागि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतका अनुसार अध्यक्षद्वयबीच करिब तीन घन्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा कुराकानी भएको थियो । ‘अध्यक्ष प्रचण्ड बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटार आइपुग्नुभएको थियो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगको कुराकानी दिउँसो २ बजेसम्म चलेको थियो ।’

राजदूत लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको निर्णय र कोरोना संक्रमण विस्तार हुन नदिन सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्नुपर्ने प्रचण्डको प्रस्तावले दुई शीर्ष नेताबीच सम्बन्ध चिसिएको विश्लेषण नेकपा वृत्तमा छ । यस्तो वेला पार्टीका दुई शीर्ष नेताबीच भएको तीन घन्टा लामो भेटवार्तापछि सम्बन्ध सुधार भएको अनुमान गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter