गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर

वसन्त पराजुली / भरतपुर वैशाख ८ गते । कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो ।

“हामीले तितेपातीकै ह्याण्ड स्यानिटाईजर उत्पादन गरेका छौ”, केन्द्रका निर्देशक डा. ईश्वरी प्रसाद कडरियाले भन्नुभयो । स्यानिटाईजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसग मिश्रण गरिएको छ । यसलाई विश्वबिद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी पनि गर्दै हुनुहुन्छ ।

“तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसंग मिश्रण गरेर स्यानिटाईजर वनाएको छ” उहाँले भन्नुभयो । यसलाई दुईसय मिलिग्रामको वोतलमा राखेर वजारमा लगिएको छ । यो स्यानिटाईजर विशेष त कृषि कर्म गर्ने किशानहरुका लागि उपयोगी हुने वताइएको छ ।

विश्व विद्यालयले पहिलो चरणमा १ सय ८० लिटर सेनिटाईटर उत्पादन गरेको छ । यसलाई विस्तारै थप उत्पादन गर्दै लगिने वताइन्छ ।

अल्कोहल मिसिएको सेनिटाइजरको बजारमा प्रयाप्त नभेटिएका वेला तितोपातीको सेनीटाइजर प्रभावकारी हुने वताइएको छ । यो सुरक्षाका दृष्टिले पनि उत्तम रहेको बताइन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter