अत्यावश्यक मुद्दालाई मात्र सुनुवाइमा प्राथमिकता

काठमाडौँ, वैशाख ९ गते । अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको छ ।

अदालतहरूमा अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक थुनछेक मुद्दा मात्र सुनुवाइ भइरहेका छन् । सर्वोच्चमा भने बन्दीसहित, कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित रिट निवेदन तथा सर्वोच्चकै फैसला पुनरवलोकन उपरका निवेदनमा पनि सुनुवाइ गरिएको छ ।

चैत २८ गते सर्वोच्चको पूर्ण बैठकले अभियोगपत्र दायर, बयान, थुनछेक तथा थुनछेक उपरका निवेदनमा पनि सुनुवाइ गर्ने निर्णय गरेको थियो । त्यसले कतिपय अदालतमा ह्वात्तै भीड बढाएको थियो । कोरोना जोखिम न्यूनीकरणका लागि सामाजिक तथा भौतिक दूरी कायम गर्ने भनिए पनि भीड बढ्दा सम्भव भएको थिएन । काठमाडौँ, मोरङ लगायतका जिल्ला अदालतमा सेवाग्राहीको चाप बढेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अत्यावश्यक मुद्दामा सुनुावइ भइरहेको र नयाँको हकमा पनि नल्याइ नहुने मुद्दा मात्र ल्याइएको बताउनुभयो । बन्दी प्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित तथा अत्यावश्यक थुनछेकबाहेक अन्य मुद्दालाई प्राथमिकता नदिएको पोखरेलले बताउनुभयो । अदालतले सेवा विस्तार गर्ने गरी गरेको निर्णय पुनरवलोकन गर्न नेपाल बार एसोसिएसन तथा विभिन्न जिल्ला बारले पनि आग्रह गरेका थिए । तर, सेवा विस्तार गर्ने निर्णय पनि फुलकोर्टले बार एसोसिएसनकै सल्लाहमा गरेको थियो ।

घरमै बसौँ अभियान

यसैबीच न्यायपालिका र सरकारी वकिलमा आबद्ध कर्मचारीको आधिकारिक ट्रेड युनियनले सेवा विस्तारले जोखिम बढाएको भन्दै घरमै बसौँ, कार्यालय नजाऔँ अभियानको निर्णय गरेका छन् । दुवै आधिकारिक टे«ड युनियनले अनावश्यक रूपमा सेवा विस्तारले, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीसमेत जोखिममा परेको भन्दै यस्तो अभियानको निर्णय गरेका हुन् । दुई युनियनले संयुक्त वक्तव्य जारी गर्दै काभिड जोखिम न्यूनीकरणको एक मात्र उपाय सामाजिक÷भौतिक दूरी भएकाले त्यसतर्फ सचेत हुन व्यवस्थापनसँग माग गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter