आज थप तीन संक्रमित फेला परे, कुल संक्रमित ४५ पुग्यो; सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो । अाज संक्रमण पुष्टि भएका २४ ६० र ७२ वर्षीया पुरूष रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।

सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

धनगढी, वैशाख १० गते । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।

डिस्चार्ज हुनेमा कन्ञचनपुर बेदकाेटका इन्द्र विक हुनुहुन्छ । उहाँ चैत २ गते कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुग्नु भएकाे थियाे ।

उहाँ सहितका १३ भारतमा लक डाउन भएपछि नेपाल आउनु भएकाे थियाे । चैत १३ गते उहाँ भारतबाट आएर १४ गते सीमामा पुग्नु भएकाे थियाे ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter