कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : मन्त्री ढकाल

काठमाडौँ, वैशाख १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उहाँले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताउनुभो ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाउनुभयो ।

भारत सरकारद्वारा कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग

छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई २३ टन अतिआवश्यक औषधि सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गर्नुभएको हो ।

उपहार स्वरुप नेपाललाई भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज रहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत २ गते सार्क राष्ट्रका नेतृत्वहरुसँग भिडियो कन्फ्रेन्समा बोल्नुहुँदै सार्क कोभिड–१९ आपतकालीन कोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त कोषमा भारतको तर्फबाट एकलाख अमेरिकी डलर प्रदान गर्ने बाचा गर्दै भारतीय प्रधानमन्त्री मोदीले सबै छिमेकी मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको कुरा पनि आज आयोजित कार्यक्रममा भारतीय राजदूतावासद्वारा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनकाे तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री

चीनकाे स्वशासित तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रुपियाँ आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौँ आइपुग्नेछ ।

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् ।

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter