ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न टोली गठन

काठमाडाैं, बैशाख १२ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजीकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीको समूह गठन गरिएको बताए । उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक-एकजना रहनेछन् ।

हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा दुई समूह, उपमहानगरपालिकामा तीन समूह र महानगरपालिकामा पाँचवटा समूहका दरले खटाइनेसमेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइनेसमेत बताए ।

यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनै पनि नयाँ बिरामी नथपिएको बताए । उनले प्रदेश १ मा परीक्षणको दायरालाई बढाइए पनि नयाँ संक्रमण फेला नपरेको बताए । यद्यपि उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोसी अस्पतालमा पठाइएको उनको भनाइ छ ।

उनका अनुसार प्रदेश २ का आठवटै जिल्लाका २७ स्थानमा १५ सयभन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको छ । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेनालगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकको टोली आजै परिचालन गरिएको उनले बताए ।

अहिलेसम्म पिसिआर प्रविधिबाट नाै हजार चार सय सातजनाको परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट ३८ हजार ८९ परीक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार चार सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घन्टामा तीन हजार सात सय ९१ नयाँ परीक्षण भएकोसमेत उनले जानकारी दिए ।

प्रदेश १ मा अहिलेसम्म तीन हजार नाै सय २९, प्रदेश २ मा चार हजार नाै सय ७७, बागमती प्रदेशमा सात हजार एक सय ४३, गण्डकी प्रदेशमा चार हजार सात सय ८३, प्रदेश ५ मा दुई हजार आठ सय ७४, कर्णाली प्रदेशमा चार हजार आठ सय ७० र सुदूरपश्चिम प्रदेशमा नाै हजार पाँच सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेसम्म देशभर १२ हजार नाै सय ८५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको बताए । यस्तै, काठमाडौं उपत्यकामा तीन र उपत्यकाबाहिर ८६ गरी ८९ जना आइसोलेसनमा रहेकोसमेत उनले बताए ।

अहिलेसम्म कुल संक्रमित ४८ जना छन् भने १० जना निको भएर घर फर्किसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter